यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक सामाग्रीहरु अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। एबं हामी तपाईंका भावनाहरु, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै भावना अथवा लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लाल वीर सिङ्जाली मगर,दोहा कतार Email- lalvirthapa@gmail.com फोन नं-+९७४६८४५८७६


Tuesday, December 22, 2009

मलाई सहयोग गर्ने नेपाली दाजुभाईहरुलाई पुनः धन्यबाद – प्रशान्त तामाङ

यति बेला के गर्दै हुनुहुन्छ ?
म पाल्पाको कसेनी गाविसको सर्राई मैदानमा गोर्खा पल्टन चलचित्रको सुटिङमा व्यस्त छु । दार्जलिङतिर बस्ने मानिस नयाँ ठाँउमा आएको छु । यहि डिसेम्बरमा दिदीको विवाह छ, त्यो काम पनि छाडेर म अहिले यही व्यस्त छु ।
यो चलचित्रमा तपाईको भूमिका ?
यो चलचित्र मेरो घरको कथा जस्तो छ । यो चलचित्रको कथा पहिल्यै लेखिए पनि मलाई ठ्याक्कै मिल्ने खालको छ । तीन महिना अघि यसको कथा पढ्दा म आफैँ दंग परे । गोर्खालीहरुले भारत, वेलायतजस्ता मुलुकमा सैनिक जिवन विताउनुपर्छ, उसको जिन्दगीको मुख्य समय उतै बितेको हुन्छ । संगी-साथीभाइहरु सानो र बुढो हुने वेला मात्र भेटिन्छन । यो चलचित्रमा मेरो जस्तै घरमा आमा र दिदी हुन्छन् । बाबु सानैमा बितेका हुन्छन् अनि कक्षा १० मा पढ्दापढ्दै गोर्खा पल्टनमा भर्ती हुन्छ । जे हास् कथा राम्रो छ ।
तेस्रो इन्डियन आइडल हुदाँ र अहिले चलचित्रमा अभिनय गर्दा कस्तो महसुस हुँदैछ ?
पहिलो कुरा त चलचित्रमा खेल्ने कुनै योजना थिएन । म डेनी डेनजोङपाको कान्छीलाई घुमाउने काठमाडौँ शहर… रिमिक्स गितको भिज्यूलाईज्ड गर्न काठमाडौँ आउदाँ नारायण रायमाझीसगँ भेट भयो । कथा पढेँ, संयोगर् न भन्नर्ुपर्छ, अभिनय तिर लगियो । इन्डियन आइडल फरक क्षेत्र हो, यो अभिनय फरक क्षेत्र हो, त्यसमा क्यामेराको मतलब हुँदैनथ्यो, यहाँ दर्शकको चाहानालाई ध्यान दिँदै अभिनय गर्नुपथ्यो र अहिले पनि मेहनत गर्नुपर्छ तर अहिले निकै दुखजस्तो लागिरहेको छ ।
नयाँ अनुभव के पाउनुभयो ?
नयाँ ठाँउमा आइयो । नयाँ अनुभव बटुल्न पाँए । सयौ-हजारौँ दर्शक ठेलमठेलभन्दा पर यो गाँेउको आनन्द लिन पाएको छु । पाल्पाको कसेनी क्षेत्र र माडीफाँटको आनन्द लिएको छु । घरी-घरी त माडीफाटका गाँउले दाजुभाई, दिदीबाहिनीसगँै धान काट्न, बोक्न, ठटाउन जाऊँजस्तो लाग्छ, तर सुटिङले गर्दा जान भ्याएको छैन् । तानसेन पनि दार्जलिङ जस्तै छ । शान्त वातावरणमा बसेको छु । निकै खुसी पनि लागेको छ । घरमा मलाई धेरै थाहा नभएका कुरा यहाँ आएर सिक्न पाएको छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
गोर्खा पल्टन चलचित्रको कथा राम्रो छ । हिन्दीको कपी गरिएको छैन । लेखक तथा निर्देशक नारायण रायमाझीले निकै मेहनत गर्नुभएको छ । उहाँको यो चलचित्रले बजार पाओस । नेपाली चलचित्रले बजार पाएन भन्ने सुनेको छु, यस्तो नहोस् । हिजो तेस्रो इन्डियन आइडल बनाउन मलाई सहयोग गर्ने नेपाली दाजुभाईहरुलाई पुनः धन्यबाद दिन चाहन्छु । अगामी दिनमा पनि मलाई माया गरिरहनुहुनेछ र यो चलचित्र पनि मन पराउनुहुनेछ भन्ने लागेको छ । भारतमा पनि लाखौँ नेपालीभाषी छन् उनीहरुलाई पनि यो चलचित्र हेरिदिन आग्रह गर्छु।


0 comments:

Post a Comment

 

  © 2009 मेरो पाल्पा को सेरोफेरो

True Contemplation Blogger Template by M Shodiq Mustika