--> Read more...
Wednesday, December 23, 2009
Tuesday, December 22, 2009
मलाई सहयोग गर्ने नेपाली दाजुभाईहरुलाई पुनः धन्यबाद – प्रशान्त तामाङ
यति बेला के गर्दै हुनुहुन्छ ?
म पाल्पाको कसेनी गाविसको सर्राई मैदानमा गोर्खा पल्टन चलचित्रको सुटिङमा व्यस्त छु । दार्जलिङतिर बस्ने मानिस नयाँ ठाँउमा आएको छु । यहि डिसेम्बरमा दिदीको विवाह छ, त्यो काम पनि छाडेर म अहिले यही व्यस्त छु ।
यो चलचित्रमा तपाईको भूमिका ?
यो चलचित्र मेरो घरको कथा जस्तो छ । यो चलचित्रको कथा पहिल्यै लेखिए पनि मलाई ठ्याक्कै मिल्ने खालको छ । तीन महिना अघि यसको कथा पढ्दा म आफैँ दंग परे । गोर्खालीहरुले भारत, वेलायतजस्ता मुलुकमा सैनिक जिवन विताउनुपर्छ, उसको जिन्दगीको मुख्य समय उतै बि
तेको हुन्छ । संगी-साथीभाइहरु सानो र बुढो हुने वेला मात्र भेटिन्छन । यो चलचित्रमा मेरो जस्तै घरमा आमा र दिदी हुन्छन् । बाबु सानैमा बितेका हुन्छन् अनि कक्षा १० मा पढ्दापढ्दै गोर्खा पल्टनमा भर्ती हुन्छ । जे हास् कथा राम्रो छ ।
तेस्रो इन्डियन आइडल हुदाँ र अहिले चलचित्रमा अभिनय गर्दा कस्तो महसुस हुँदैछ ?
पहिलो कुरा त चलचित्रमा खेल्ने कुनै योजना थिएन । म डेनी डेनजोङपाको कान्छीलाई घुमाउने काठमाडौँ शहर… रिमिक्स गितको भिज्यूलाईज्ड गर्न काठमाडौँ आउदाँ नारायण रायमाझीसगँ भेट भयो । कथा पढेँ, संयोगर् न भन्नर्ुपर्छ, अभिनय तिर लगियो । इन्डियन आइडल फरक क्षेत्र हो, यो अभिनय फरक क्षेत्र हो, त्यसमा क्यामेराको मतलब हुँदैनथ्यो, यहाँ दर्शकको चाहानालाई ध्यान दिँदै अभिनय गर्नुपथ्यो र अहिले पनि मेहनत गर्नुपर्छ तर अहिले निकै दुखजस्तो लागिरहेको छ ।
नयाँ अनुभव के पाउनुभयो ?
नयाँ ठाँउमा आइयो । नयाँ अनुभव बटुल्न पाँए । सयौ-हजारौँ दर्शक ठेलमठेलभन्दा पर यो गाँेउको आनन्द लिन पाएको छु । पाल्पाको कसेनी क्षेत्र र माडीफाँटको आनन्द लिएको छु । घरी-घरी त माडीफाटका गाँउले दाजुभाई, दिदीबाहिनीसगँै धान काट्न, बोक्न, ठटाउन जाऊँजस्तो लाग्छ, तर सुटिङले गर्दा जान भ्याएको छैन् । तानसेन पनि दार्जलिङ जस्तै छ । शान्त वातावरणमा बसेको छु । निकै खुसी पनि लागेको छ । घरमा मलाई धेरै थाहा नभएका कुरा यहाँ आएर सिक्न पाएको छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
गोर्खा पल्टन चलचित्रको कथा राम्रो छ । हिन्दीको कपी गरिएको छैन । लेखक तथा निर्देशक नारायण रायमाझीले निकै मेहनत गर्नुभएको छ । उहाँको यो चलचित्रले बजार पाओस । नेपाली चलचित्रले बजार पाएन भन्ने सुनेको छु, यस्तो नहोस् । हिजो तेस्रो इन्डियन आइडल बनाउन मलाई सहयोग गर्ने नेपाली दाजुभाईहरुलाई पुनः धन्यबाद दिन चाहन्छु । अगामी दिनमा पनि मलाई माया गरिरहनुहुनेछ र यो चलचित्र पनि मन पराउनुहुनेछ भन्ने लागेको छ । भारतमा पनि लाखौँ नेपालीभाषी छन् उनीहरुलाई पनि यो चलचित्र हेरिदिन आग्रह गर्छु।
म पाल्पाको कसेनी गाविसको सर्राई मैदानमा गोर्खा पल्टन चलचित्रको सुटिङमा व्यस्त छु । दार्जलिङतिर बस्ने मानिस नयाँ ठाँउमा आएको छु । यहि डिसेम्बरमा दिदीको विवाह छ, त्यो काम पनि छाडेर म अहिले यही व्यस्त छु ।
यो चलचित्रमा तपाईको भूमिका ?
यो चलचित्र मेरो घरको कथा जस्तो छ । यो चलचित्रको कथा पहिल्यै लेखिए पनि मलाई ठ्याक्कै मिल्ने खालको छ । तीन महिना अघि यसको कथा पढ्दा म आफैँ दंग परे । गोर्खालीहरुले भारत, वेलायतजस्ता मुलुकमा सैनिक जिवन विताउनुपर्छ, उसको जिन्दगीको मुख्य समय उतै बि
तेको हुन्छ । संगी-साथीभाइहरु सानो र बुढो हुने वेला मात्र भेटिन्छन । यो चलचित्रमा मेरो जस्तै घरमा आमा र दिदी हुन्छन् । बाबु सानैमा बितेका हुन्छन् अनि कक्षा १० मा पढ्दापढ्दै गोर्खा पल्टनमा भर्ती हुन्छ । जे हास् कथा राम्रो छ ।तेस्रो इन्डियन आइडल हुदाँ र अहिले चलचित्रमा अभिनय गर्दा कस्तो महसुस हुँदैछ ?